काठमाडौं । स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परिक्षाहरु फागुनदेखि हुने भएका छन् । कोभिड-१९ का कारण स्थगित भएका सबै परीक्षा फागुनमा गर्ने तयारी भएको त्रिविले जनाएको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल भइरहेको र २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए छन् ।
कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।