Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटलको विन्टर अफर सार्वजनिक, यस्ता छन् विशेषताहरु !

अर्थ सरोकार

काठमाडौं । नेपाली पूँजीबजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित वन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ ।

हाल देशभरी व्याप्त कोभिडमहामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसी-बसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइलएप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ)तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि Free Demat / Mero Share सुविधासहितको विन्टर अफर योजना ल्याएको छ ।

यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गर्नेछ । करिब ६ महिना पछि प्राथमिक सेयरहरु धमाधम निष्कासनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपाल भित्र वा नेपाल बाहिर जहाँकही रहनुहुने सबै ग्राहकहरुले आफू, आफ्नो परिवार एवं आफन्त तथा साथीभाईहरु सबैले सहजै यस योजनामा अनलाईनबाटै Free Demat खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सक्नेछन् भन्ने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रभु क्यापिटलको विन्टर अफर विशेषताहरुः

  • यस योजनामा देश वाविदेशमा रहनु हुने नेपालीहरुले मोबाइल एप(एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ)बाटै भिडियो केवाइसिसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नुहुनेछ । यसका साथै वेवसाइटबाटसमेत भिडियो केवाइसिसहितको डिम्याट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।
  •  यो योजनामा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गरिनेछ ।
  •  डिम्याट खाता तथा लगानी व्यवस्थापन सम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।
  •  यो योजना २०७८ माघ १८ गते देखि चैत्र १७ गते सम्म सञ्चालन हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK