×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीले भने – ‘जेठ ४ गते जसरी भए पनि चुनाव गर्नैपर्छ’

LAXMI SUNRISE BANK

केपी ओलीले भने – ‘जेठ ४ गते जसरी भए पनि चुनाव गर्नैपर्छ’

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गतेनै चुनाव गर्नुपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बाध्यता रहेको बताएका हुन् ।
‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो’ उनले भने ‘यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौँ तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी