Skip to content
LAXMI SUNRISE BANK

लाभांशसहितका प्रस्ताव पारित गर्न प्रिमियर इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभा शुक्रबार हुँदै

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : प्रिमियर इन्स्योरेन्स कम्पनी
इभेन्ट : साधारणसभा
हुने मिति : आज माघ २१ गते, शुक्रबार
विवरण
कम्पनीले आज शुक्रबार २८औं वार्षिक साधारणसभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्दैछ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
१४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने ।
एजिएम हुने स्थान र समय :
कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK