काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (माघ २३ गते) बाट ३५ दिन भित्र ज्योति विकास बैंकको प्रधान कार्यालय, कमलपोखरी काठमाडौंमा निवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।