×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओको कार्यालयमा तोडफोड

LAXMI SUNRISE BANK

पठाओको कार्यालयमा तोडफोड

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबार पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले  बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।
कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् । 
यस्तै आजै उनीहरुले कार्यालयमा पुगी ११ बुँदे मागपत्रसमेत पेश गरेका छन् । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले बताए । यता मागपत्रमा राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्नेलगायतका मागहरु राखेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी