×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोनाबाट उकुसमुकुसमा परेका जनतालाई राहत दिनुपर्छ, अहिले पेट्रोलियम पदार्थको मूल्य बढाउन हुन्न’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘कोरोनाबाट उकुसमुकुसमा परेका जनतालाई राहत दिनुपर्छ, अहिले पेट्रोलियम पदार्थको मूल्य बढाउन हुन्न’

Artha Sarokar

२६ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समितिले वाणिज्य नीति, पेट्रोलियम पदार्थमा लग्ने शुल्क र मुलुकमा पेट्रोलियम पदार्थका अन्वेषणमा भएको प्रगतिलगायतका विषयमा अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ ।
समिति सदस्य दुर्गा पौडेलको संयोजकत्वमा गठित उपसमितिका सदस्यमा खेमप्रसाद लोहनी र लक्ष्मी परियार हुनुहुन्छ । यसअघि समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र नेपाल आयल निगमका निमित्ति कार्यकारी अधिकृतसँग वाणिज्य नीति तथा पेट्रोलियम पदार्थमा भएको पछिल्ला मूल्यवृद्धिबारे जानकारी माग गर्नुभएको थियो ।
बैठकमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र मुलुकमा लाग्दैआएको करका कारण निगमले ठूलो घाटा सहेर पनि मूल्य समायोजन गर्दै लैजाने नीतिअनुरूप पेट्रोलियम पदार्थमा सामान्य मूल्य वृद्धि गरेको जानकारी गराइयो । अन्तर्राष्ट्रिय बजारबाट नेपालले कच्चा तेल खरिद गरी प्रशोधनको सम्भावना तथा नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण र सम्भावनाबारे बैठकमा गहन छलफल भयो । निगमले पछिल्लो छ महिनामा रु २३ अर्बभन्दा बढी घाटा खाएर पनि सरकारलाई निर्धारण गरेको कर तिर्दैआएको छ । आयाल निगमबाट सरकारलाई वार्षिकरूपमा प्राप्त हुने कर राजश्वको ठूलो हिस्साका रूपमा रहिआएको छ ।
निगम पदाधिकारीले चुहावट रोक्न र निगमलाई आत्मनिर्भर तुल्याउन स्वचालित मूल्य प्रणाली एक मात्र विकल्प भए पनि राज्यको निकाय भएकाले निर्देशनलाई शिरोपर गर्दैआएको बताउनुभयो । छिमेकी मुलुकको तुलनामा अझै सस्तो रहेको तथा खुला सीमाका कारण आफना नागरिकलाई प्रदान गरिएको अनुदान दुरुपयोग भए नभएकोबारे पनि समितिले मन्त्रालय र निगम पदाधिकारीसँग जानकारी माग गरेको थियो ।
चुहावट नियन्त्रणका लागि भएका प्रयास र निगमको स्थितिकरण कोषबारे जिज्ञासा मेट्दै मन्त्रालय र निगम पदाधिकारीले मूल्य समायोजन गर्ने क्रममा लिइएका निर्णयपछि आउने तरङ्गमा सहजीकरण गरिदिन समिति समक्ष आग्रह गर्नुभयो । समिति सभापति निरादेवी जैरु तथा सदस्यहरु राधेश्याम अधिकारी, अनिलकुमार झा, खेमप्रसाद लोहनीलगायतले पेट्रोलियम पदार्थमा लगाइएको करलाई पुनर्विचार गरी कोरोनाबाट उकुसमुकुसमा परेका जनतालाई राहत प्रदान गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँहरुले चुहावट रोक्न, स्वदेशका सम्भावित खानी अन्वेषण गर्न समेत सुझाव दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी