×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ बिहिबारदेखि बिक्री खुला, लगानीकर्ताहरुले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ बिहिबारदेखि बिक्री खुला, लगानीकर्ताहरुले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने

Artha Sarokar

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज बिहिबार (माघ २७ गते)देखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ । यसमा छिटोमा फगुन १२ गतेसम्म र ढिलोमा फागुन २७ गतेसम्म आइपीओ खुला रहनेछ । १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले सिन्धुपाल्चोकस्थित कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लक्ष्मी बैंककोे खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ भर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी