×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल लिमिटेडले मासिक रुपमा ग्लोबल मार्केट प्रतिवेदन प्रकाशन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु क्यापिटल लिमिटेडले मासिक रुपमा ग्लोबल मार्केट प्रतिवेदन प्रकाशन गर्ने

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटलले नेप्से मिटर अन्तर्गत साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरि नेपाली पूँजी बजारमा भइरहेको कारोबारदेखि विभिन्न घटनाहरुको बारेमा लगानीकर्ताहरुलाई सुसूचित गर्दै आएको छ । यस क्रममा अंग्रेजी नयाँ वर्ष २०२२ को फेब्रुवरी १० बाट लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापहरुलाई समेटर मासिकरुपमा ग्लोबल रिर्पोट प्रकाशित गर्न थालनी गरेको हो ।

क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन २०७८ माघ २७ पहिलो संस्करण प्रकाशित गरेको छ । मासिक ग्लोबल प्रतिवेदनमा क्यापिटलले विभिन्न आर्थिक क्षेत्रहरु ग्लोबल मार्केट परिसुचक, कमोडिटी बजार, बैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजारलाई समेटेर रिपोर्ट प्रकाशित गर्नेछ ।  यो रिपोर्ट अंग्रेजी महिनाको पहिलो सप्ताहमा प्रकाशित गरिने बताइएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी