×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सद्धारा ४२ लाख १२ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

PRIME CA

यूनियन लाइफ इन्स्योरेन्सद्धारा ४२ लाख १२ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टीकापुर शाखाले एक कार्यक्रम आयोजना गर्दै मृतककको परिवारलाई ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीका ७ नं. प्रदेश प्रमुख चन्द्र बहादुर बोहरा, उप-प्रदेश प्रमुख दोबन बहादुर रावल, शाखा प्रमुख अमित चौधरी र एजेन्सी म्यानेजर प्रेम बहादुर थ्याइतले गेरुवा गाउँपालिका वडा नं. ३, शान्तिबजार बर्दियामा गई बिमितको हकवाला श्रीमती ममता कुमारी खत्री सोडारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बिमितले २०७५ असार ३१ मा २० लाख रुपैयाँको बार्षिक अग्रिम भुक्तानी जीवन बिमा बीमालेख लिएको थियो । बिमितको गत चैत्र २ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: