×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

२ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि शाहले भने, ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’
यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेका थिए । उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।
हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए । उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी