Skip to content
LAXMI SUNRISE BANK

नागरिक लगानी कोषले पुस २८ गतेदेखि एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले आगामी पुस २८ गतेदेखि हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ सेयर बराबर नयाँ ०.८२८४ को अनुपातमा हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कोषले सेयरधनीहरुको लागि १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको प्रतिसेयर एक सय अंकित दरका एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । यससँगै इच्छुक सेयरधनीले आगामी पुस २८ गतेदेखि माघ १९ गतेसम्म कम्पनीको हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
हकप्रद सेयर निष्काशन गर्नको लागि कम्पनीले ईक्रा नेपालबाट ईक्रा एनपी इस्युअर रेटिङग सिंगल ए प्लस प्रमाणपत्र पाएको छ । जुन रेटिङ्गले कोषलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित तरिका अपनाएको तथा न्युन कर्जा जोखिम रहेको कोषको रुपमा लिइन्छ । कोषले गत पुस २ गते मात्रै सो मात्राको हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK