Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको रकम नभएको चेक दिने पाण्डे पक्राउ, पाँच दिन कैद र २२ लाख जरिवना

अर्थ सरोकार

काठमाडौँ । उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसला अनुसार पाँच दिन कैद र बिगो बमोजिम रु २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो एनआईसी एशिया बैँक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसुर गरेकाले पाण्डेलाई काठमाडौँको नेपालटारबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ थापालाई फैसला कार्यान्वयनको लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK