काठमाडौँ । केहि समय अघि मात्रै इन्साईडर ट्रेडिङ रोक्छु भनेर वाहिवाही कमाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कारोबार समयमै सेयर बजार सम्बन्धि सार्वजनिक अभियक्ति दिएर बजार मूल्यलाई प्रभावित बनाउन खोजेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । पत्रकार सम्मेलनका नाममा कारोबार समयमा बोर्ड अध्यक्षले नै सेयर बजार सम्बन्धि सार्वजनिक अभिव्यक्ति दिनु ठिक नभएको र यस्तो काम एक खालको इन्साईडर ट्रेडिङनै भएको सरोकारवालाहरुको तर्क छ ।
यसो त धितोपत्र बोर्डले नै यसअघि कारोबार समयमा सेयर बजार सम्बन्धि सार्वजनिक अभियक्ति दिएर बजार मूल्यलाई प्रभावित पार्न खोज्ने जो कोहिलाई पनि कारवाही गर्ने चेतावनी दिएको थियो । तर सो चेतावनी भुल्दै सरकारदेखि सम्बन्धित संस्थाहरुले नै केहि दिनदेखि कारोबार समयमा सेयर बजार सम्बन्धि सार्वजनिक अभियक्ति दिएर बजारलाई प्रभाव पारिरहेको लगानीकर्ताहरुको आरोप छ ।
नियामकहरुबाटै बजार प्रभावित गराउनेका काम हुँदा लगानीकर्ताहरुसमेत प्यानिक भएका छन् । लगानीकर्तालाई साहस दिने बेलामा बोर्डका प्रमुखबाट त्यस्तो काम हुनु नराम्रो भएको लगानीकर्ताको बुझाई छ । यता केहि समय अर्थमन्त्री जनार्दन शर्माले पनि कारोबार समयमा सेयर बजार सम्बन्धि सार्वजनिक अभियक्ति दिएर बजार मूल्यलाई प्रभावित पार्न खोजेको आरोप लगानीकर्ताले लगाएका छन् ।
अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेका हाकिमलाई मन्त्रालयमा बोलाएर पूँजीबजार सुधारका लागि भन्दै ११ बुंदे निर्देशन दिएका थिए । उनले पछिल्लो समय पूँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका थिए । सो कार्यक्रममा बोर्डका अध्यक्ष हमालले सेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको र केही कानुनमा सुधार गर्नुपर्ने बताएका थिए ।
यस्तै अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नुपर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी पनि दिएका थिए । सो कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताए । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्