×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति विवरण : ‘घरजग्गा छैन्, १३ लाख ऋण छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति विवरण : ‘घरजग्गा छैन्, १३ लाख ऋण छ’

Artha Sarokar

२३ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत । कर्णाली  प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरेको विवरण अनुसार उनि अन्य मन्त्रीहरूमध्ये गरिब देखिएका छन् । मन्त्री विष्टसँग अहिलेसम्म मौज्दात रकम ७५ हजार मात्रै रहेको विवरण उल्लेख छ । जसमा एनआईसी एशिया बैंकमा ३५ हजार र श्रीमती पुर्जा दलार्मी (विष्ट) को नाममा राष्ट्रिय वाणिज्य बैंकमा ५० हजार मौज्दात रहको छ ।
यस्तै सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको छ ।
साथै अर्थमन्त्री बिष्टले विरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा श्रीमतीकै नाममा रहेको उक्त जग्गा पुख्यौली सम्पत्ति र ऋण गरेर खरिद गरेको उल्लेख गरेका छन् । विष्टले वीरेन्द्रनगर नगरपालिका-३ मा कित्ता नं. १८६१ र ०-०-८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । यो जग्गा श्रीमतीको माइतीबाट प्राप्त जग्गा हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी