काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि १ रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साल २०७७ लेखिएको १ रुपयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याएको हो ।
सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ । जसमा हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ । यस्तै सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।
सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको राष्ट्र बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्