×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : लामो समयको आन्दोलपछि सीए विद्यार्थीले पाउने भए समकक्षता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्तत : लामो समयको आन्दोलपछि सीए विद्यार्थीले पाउने भए समकक्षता !

Artha Sarokar

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समकक्षताका लागि आन्दोल गर्दै आएका सिएका विद्यार्थीलाई अन्तत: त्रिभुवन विश्वविद्यालयले समकक्षता दिने भएको छ । सोमबार बसेको पाठ्यक्रम विकासको बैठकले समकक्षता दिने निर्णय गरेको हो । स्नातक तहमा विद्यार्थीहरूले समकक्षता पाउने पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा.डा. पारसनाथ यादवले बताएका हुन् ।
यता स्नातक तहमा विद्यार्थीहरूले समकक्षता पाउने भए पनि स्नातकोत्तर तहको हकमा भने समकक्षता दिने/नदिने भन्ने अझै टुङ्गो लाग्न लागेको छैन । सम्बन्धित विषयका डिन नभएको कारण स्नातकोत्तर तहको विषयमा टुङ्गो नलागेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
सीए पढेर क्रेडिट ट्रान्सफर भएका विद्यार्थीले मात्र समकक्षता पाउँनेछन् । सीए विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको भन्दै लामो समयसम्म आन्दोलित बनेका थिए । उनिहरुले केहिसमय अघिमात्रै रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दीसमेत गरेका थिए । यस्तै त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएसंगै आफूहरू खुसी भएको विद्यार्थीको भनाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी