×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यार्थीबाट ७ लाख लिएर ईपीएस परीक्षा दिने प्रशिक्षक पक्राउ

LAXMI SUNRISE BANK

विद्यार्थीबाट ७ लाख लिएर ईपीएस परीक्षा दिने प्रशिक्षक पक्राउ

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरियन भाषा परीक्षा ईपीएसमा नक्कली परीक्षार्थी बन्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले सुनसरी घर भइ हाल काठमाडौंको कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई पक्राउ गरेको हो ।
लिम्बूले बागबजारमा सेनसेग कन्सलट्यासी सञ्चालन गर्दै आएको खुलेको छ । कोरियन भाषा प्रशिक्षकको रूपमा काम गर्दै आएका उनले ईपीएस परीक्षामा सहभागी हुन आएका व्यक्तिहरूको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिने गरेका छन् । लिम्बूले उत्तीर्ण भएका विद्यार्थीबाट प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी