काठमाडौं । नियामक बीमा समितिले ‘ड्रागन फल’ र ‘किवी खेती’ बीमालेख जारी गरेको छ । समितिले कृषि बीमालाई थप विस्तार गर्नका लागि ड्रागन र किवि खेतिको बीमालेख जारी गरेको गरिएको जनाएको छ । ड्रागन फल र किवी खेती बीमाले ८ वटा क्षतिलाई रक्षावरण गर्ने समितिले जानकारी दिएको छ ।
जसमा बीमा अवधिभित्र आगोबाट, हावावाट, पानी वा मौसमबाट, भूमि, आकस्मिक वा दुर्घटनाबाट ,बाह्य कारणबाट हुने क्षति रोग वा किराजन्य क्षतिको रक्षावरण गर्ने बीमालेखमा जारी गरिएको छ । ड्रागन फलको बीमालेखले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिको क्षतिपुर्ती दिने व्यवस्था गरेको छ ।
यता समितिका अनुसार किवी खेतीको बीमालेखले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिको क्षतिपुर्ती दिने व्यवस्था गरिएको छ । यस बीमालेख अन्तर्गत २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको पनि सुविधा प्रदान गर्न सकिनेछ । लगातको आधारमा बीमाशुल्क निर्धारण गर्ने व्यवस्था रहेको छ ।
यस्तै ड्रागन फलको हकमा भएन एकै क्षेत्रफलमा लगार्एको ड्रागन फल खेतीको आंसिक रुपमा बीमा गर्न पाइने छैन । सोहि बीमालेखका आधारमा बीमा कम्पनीले पोलिसी बनाउन सक्ने छन् । यद्यपि ड्रागन फल र किवी खेतीको बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न पाइने छैन । उक्त खेतीहरुको बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशतका दरले लाग्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्