×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत २५ र २६ मा ‘ग्ल्याम-अप नेपाल २०२२’को दोस्रो संस्करण हुने, अवार्डका लागि ई-सेवासँग गर्यो सहकार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चैत २५ र २६ मा ‘ग्ल्याम-अप नेपाल २०२२’को दोस्रो संस्करण हुने, अवार्डका लागि ई-सेवासँग गर्यो सहकार्य

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । चैत २५ र २६ मा ‘ग्ल्याम-अप नेपाल २०२२’ कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम बी कम्पनीले चितवनमा आयोजना गर्ने भएको हो । मंगलबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम हुने जानकारी गराईएको हो । यस ग्ल्याम-अप नेपालको दोस्रो संस्करण हो । यस अघि २०१८ मा पहिलो संस्करण आयोजना भएको थियो ।

गत वर्ष नै कार्यक्रम आयोजना गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएको थियो । उक्त कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे हुनेछ । यस्तै सौन्दर्यसँग सम्बन्धित केही स्टलहरु पनि रहने कम्पनीका अध्यक्ष बिमल पौडेलले बताएका छन् । पहिलो दिन नै नेपालका चर्चित फेशन डिजाइनर तेन्जिन भुटियाले फेशन डिजाइनरहरुलाई वर्कसपमार्फत प्रशिक्षण दिने भएका छन् । रन वे तथा सौन्दर्यसँग सम्बन्धित प्रदर्शनी भने दोस्रो दिन चैत २६ गते हुने भएको छ ।

नारायणगढस्थित पर्व वेन्क्विटमा हुने कार्यक्रममा लामो समयदेखि मोडलिङ फिल्डमा रहेका ४५ भन्दा बढी मोडलहरु सहभागी हुनेछन् । मोडलहरुले डिजाइनरको ड्रेसमा ६० भन्दा बढी सिक्वेन्स प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा दुई हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको कम्पनीका निर्देशक घिमिरेले जानकारी दिएका छन् । यही कार्यक्रममार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड पनि दिईने भएको छ ।

अवार्डका लागि ई-सेवासँग सहकार्य गरेर भोटिङको व्यवस्था गरिनेछ । कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरुको पनि सहभागी हुने भएको छन् । यो चितवनमा नै हुन लागेको फेशन र सौन्दर्यसँग सम्बन्धित ठूलो कार्यक्रम हो । ‘ग्ल्याम(अप नेपाल’ यस अघि नेपाल डायरिजले आयोजना गर्दै आएको थियो । नेपाल डायरिज, क्याराभान र ब्रोस सिस इन्टरटेनमेन्ट गाभिएर बी कम्पनी भएपछि ‘ग्ल्याम(अप नेपाल’ को रुपमा पहिलो कार्यक्रम हुन लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी