काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्सका २ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएका छन् । कम्पनीका संस्थापक धर्मराज श्रेष्ठ र ज्योती कुमारी सरावगीले ५०–५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।