×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा साधारणसभाको मिति तय, यस्ता छन् सभामा पेस हुने मुख्य एजेन्डा

PRIME CA
GLOBAL IME BANK

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा साधारणसभाको मिति तय, यस्ता छन् सभामा पेस हुने मुख्य एजेन्डा

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा पनि पुस २९ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय कालिकानगर बुटवल रुपन्देहीमा बिहान ११ बजे हुनेछ । सभामा बैंकले १३% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभ्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% हिस्सा बनाउने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि बैंकले पुस १६ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न पाउनेछन्। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: