Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डुका शोभनदेव पन्तसहित ३ बैंकका सीइओ कारवाहीमा, के थियो प्रकरण ? कति भयो जरिवाना ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । तीन बैंकका प्रमुख कार्यकारी अधिकृतहरु कारवाहीमा परेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार हालिएको उजुरीमा फैसला गर्दै राष्ट्रिय सूचना आयोगले प्राइम बैंक लिमिटेडका नारायणदास मानन्धर, लक्ष्मी बैंक लिमिटेडका अजयबिक्रम शाह र बैंक अफ काडमाण्डु लिमिटेडका प्रमुखका शोभानदेव पन्तलाई जनही १० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गर्नेगरी कारवाही गरेको हो । 
‘सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ६ (७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ (१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिनु भनि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लेखि पठाउनु’ आदेशमा भनिएको छ ।
उनीहरुलाई सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जनही दश हजार रुपैंयाँका दरले जरिवाना तिर्नु पर्ने ठहर समेत गरेको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग, सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । मंसिर २५ र पुस २ गतेको इजलासले गरेको निर्णयमा तोकिएको जरिवाना उठाउन जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको आवेदक भारतीले बताएका छन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK