×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोनपेको उपहार योजनामा मोरङका कमलले जिते कार, ७५ जनाले आइफोन १३ जित्न सफल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फोनपेको उपहार योजनामा मोरङका कमलले जिते कार, ७५ जनाले आइफोन १३ जित्न सफल

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रो पटक सञ्चालन गरेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ बम्पर उपहार योजनामा मोरङका कमल चुडालले हुन्डाइको स्यान्ट्रो एरा एक्जुकेटिभ गाडी जितेका छन् ।

चुडालले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा उक्त गाडी जित्न सफल भएका हुन् । फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछकुमार यादवले चुडाललाई गाडीको साँचो हस्तान्तरण गरेका थिए । फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए ।

यो वर्ष फोनपेले ३१ असोजदेखि १६ पुससम्म बम्पर उपहार योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी