×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनको मिति तय, उपराष्ट्रपतिद्धारा उद्घाटन गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनको मिति तय, उपराष्ट्रपतिद्धारा उद्घाटन गरिने

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो । २२ गते दिउसो होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।

उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो । महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पुरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी