×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा बीस लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुरमा बीस लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा घर भई गोर्णेश्वर बस्‍ने ३६ वर्षीय नवराज धिमाललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

धिमाललाई गोकर्णेश्वर, काठमाडौंबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले आज पक्राउ हो । धिमालले प्राइम बैंक लिमिटेड,बागबजार, काठमाडौंमा रहेको निजको नामको खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

उच्च अदालत पाटनले २०७८ असोज १८ गते धिमाललाई ५ दिन र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी