×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा वैशाख १० गते, लाभांशसहित यस्ता छन् पेस गरिने विशेष प्रस्ताव

PRIME CA

नयाँ सारथी लघुवित्तको वार्षिक साधारणसभा वैशाख १० गते, लाभांशसहित यस्ता छन् पेस गरिने विशेष प्रस्ताव

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा वैशाख १० गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा दिउँसो ३ बजे हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्ने भएको छ ।
यता कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव पनि पेस गर्दैछ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसको छ । बोर्डले अनुमति दिएपछि एफपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।
यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि परित गर्ने एजेन्डा छ ।
सभाको लागि कम्पनीले चैत २३ गतेबाट वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: