Skip to content
LAXMI SUNRISE BANK

बुद्धनगर एग्रो फार्मले ५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

अर्थ सरोकार

काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) निष्कासन गर्न लागेको हो ।
कम्पनीले आइपीओ बिक्रीका लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुत गरेको छ । आइपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो । क्यापिटलले प्रदान गरिरहेको आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनीले आइपीओ निष्कासन गर्न लागेको हो ।
एनआईसी एशिया क्यापिटलको आईडीया टु आइपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवासमेत उपलब्ध गराउने सम्बन्धीसमेत दुई पक्षिय सम्झौता भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK