Skip to content
LAXMI SUNRISE BANK

६.३१ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित प्रोग्रेसिभ फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बुधबार हुँदै

अर्थ सरोकार

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको उक्त सभा चैत १६ गते बुधबार हुने भएको हो । सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललिपुरमा दिउँसो १ बजे हुने भएको छ । सभाले कम्पनीले प्रस्ताव गरेको ६.३१ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

कम्पनीले सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर गर्दा गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यसबाहेक आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा/नोक्सान हिसाब लगायतलाई पारित पनि गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK