×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाली काँग्रेसको सरकार आउँन अव मात्र ५ महिना बाँकी !’

LAXMI SUNRISE BANK

‘नेपाली काँग्रेसको सरकार आउँन अव मात्र ५ महिना बाँकी !’

५ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चौतर्फी दबाबका बाजजुर पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।
यता अवको निर्वाचनमा नेकपाले कुनै हालतमा सरकारको नेतृत्व गर्नेगरी जित हाँसील नगर्ने अनुमान भइरहेका बेला कांग्रेसकै कतिपय नेताहरुले अव हाम्रो सरकार आउँन ५ महिनामात्र बाँकी रहेको टिप्पणी गरेका छन् । उनीहरुले केपी ओलीले गरेको कदम गलत भएको र अव हुने चुनावमा कांग्रेसको बहुमत आउने दाबी गरेका छन् ।
यता नेकपाकै कार्यकर्ताहरु पनि अव नेकपाले सरकार बनाउनेगरी चुनाव जित्छ भन्ने कुरामा विश्वास नगरिरहेको अवस्थामा र सारा माहोल नेपाली कांग्रेसतर्फ नै मोडीरहेका बेलामा अव कांग्रेसको सरकार आउने गन्ती सुरु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी