काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार इमर्जिङ्ग नेपालको भएको छ । यस कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । सिटिजन्स म्युचुअल फण्ड-२ को सेयरमा यस्तो गिरावट आउँदा कर्णाली डेभलपमेन्ट बैंक, प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार इमर्जिङ्ग नेपालको भएको छ । यस कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, सुर्या लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाईड्रोपावर, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, निफ्रा, शिभम् सिमेन्ट,ङादी ग्रुप पावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमर्जिङ्ग नेपाल, आरबिबि म्युचुअल फण्ड र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्