×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकद्धारा २०७९ सालको भित्ते तथा टेवल पात्रोहरु सार्वजनिक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धु विकास बैंकद्धारा २०७९ सालको भित्ते तथा टेवल पात्रोहरु सार्वजनिक 

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले २०७९ सालको भित्ते तथा टेवल पात्रोहरु (Wall & Table Calendars) सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले एक कार्यक्रमबीच भित्ते तथा टेवल पात्रोहरुको विमोचन गरेका हुन् । उक्त विमोचन कार्यक्रममा बैंकका उच्च ब्यवस्थापनकोसमेत उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, SCT, डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBA लगायत सेवाहरु प्रदानसमेत गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी