Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक र बर्दिवास जनसेवा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

अर्थ सरोकार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०५ छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिवास जनसेवा हस्पिटलका सबै सेवा सुविधामा १० छुट पाने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जानकारी दिएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैकिङ मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुविधा मार्पत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने छन् र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । हालै बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको छ ।

सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यासब्याक दिइने छ । ५ लाख सम्मको दुर्घटना र मृत्यु बीमा तथा रु ५० हजार सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निशुल्क डेविट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए।टि।एम बाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK