×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट,प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे,प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी, र अन्य कर्मचारीहरूको उपस्थिति तथा दराज प्रा।लि। को तर्फबाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सीमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी