×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्सबीच सम्झौता भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवाप्रदान गर्दै आईरहेको यस बैंक र डेन्टलबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिटकार्ड, क्युआर स्क्यान पे महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटलयुगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी