×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र दराजबीच सम्झौता, नयाँ वर्षमा सामान खरिद गर्दा १५% छुट पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंक र दराजबीच सम्झौता, नयाँ वर्षमा सामान खरिद गर्दा १५% छुट पाइने

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अनलाईन बजार दराजसँग नयाँ नेपालीवर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५५ सम्म छुट प्राप्तगर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँललेले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत्र २८ को दिनदेखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रियगर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्तहुने जानकारी गराएको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी