- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईबिएल एस क्याप्टिलले निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको उक्त क्यापिटलले आजदेखि लागु हुनेगरी निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको हो ।
क्यापिटलको सो योजना सीमित अवधिको लागि मात्र भएकोले क्याप्टिलको लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखामा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिनेछ ।