Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमले सुरु गर्यो सेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन

अर्थ सरोकार

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाइदिने प्रक्रिया अघि बढाएको छ । टेलिकमले शुक्रबार (चैत २५ गते) बाट सेयरधनीलाई २०% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको हो । टेलिकमले चैत ११ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।
सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीले जनाएको छ । कम्पनीको बिहिबार (चैत २४ गते) सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफबाट २०% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK