×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तारागाउँ रिजेन्सी होटल्सको २५औं वार्षिक साधारणसभा आइतबार

PRIME CA

तारागाउँ रिजेन्सी होटल्सको २५औं वार्षिक साधारणसभा आइतबार

अर्थ सरोकार

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको २५औं वार्षिक साधारणसभा आज आइतबार (चैत२७ गते) हुँदैछ । सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
यस्तै सभामा २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै सभाले २०७८­/७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । तारागाउँले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश भने वितरण नगर्ने भएको छ । होटल्सले लाभांशबिनै सभा बोलाएको हो ।
सभाले आईसिटिसी होल्डिङ्ग कम्पनी प्रालिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियुक्तिलाई अनुमोदनसमेत गर्नेछ । होटल्सले सभाको लागि चैत्र १२ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: