×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु, ५० भन्दा बढिको रिचार्जमा सोसल मिडिया प्याक बोनस पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु, ५० भन्दा बढिको रिचार्जमा सोसल मिडिया प्याक बोनस पाउने

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । एनसेलका ग्राहकहरुका लागि यो नयाँ वर्ष निकै नै विषेश हुने भएको छ । नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु चैत्र २७ गतेबाट, संचालनमा आएका छन् ।

यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।  कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले कर सहित मात्र रु ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् ।

त्यस्तै ग्राहकले रु १६८ मा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र रु १६८ मा सुचारु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले रु २९८ मा २।५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् ।  यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स१ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटा सहित नन् स्टप अन नेट कल सुविधा ९५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि०, ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् ।

यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् । यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् ।  रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी रु १०० देखि रु १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र रु २०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् ।

यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् । नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी