×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरोमाइक्रोफाइनान्स संस्थाद्धारा विद्यालयलाई शैक्षित सामाग्री वितरण, २०० भन्दाबढि विद्यार्थीहरु लाभान्वित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरोमाइक्रोफाइनान्स संस्थाद्धारा विद्यालयलाई शैक्षित सामाग्री वितरण, २०० भन्दाबढि विद्यार्थीहरु लाभान्वित

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नुवाकोट । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालययका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी   पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो। कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा विद्यार्थीहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।

मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी