Skip to content
LAXMI SUNRISE BANK

‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा प्रयोगकर्ताले १०% भ्याट फिर्ता पाउने

अर्थ सरोकार

काठमाडौं । ६ लाख ५० हजार वर्ल्डलिंक घरपरिवारलाई डिजिटल नेपालतर्फ सशक्त बनाइने भएको छ । किनकि नेपालमा पहिलोपटक वर्ल्डलिंक प्रयोगकर्ताले खल्तीमार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउन सक्नेभएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको खल्तीले आन्तरिक राजस्व विभाग आईआरडी र वर्ल्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको हो।

वर्ल्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन्। १०% भ्याट फिर्ताका साथै खल्तीले पहिले नै १.५५ क्यासब्याक प्लस १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिंक बिल भुक्तानीमा प्रोमो कोड ‘गो क्यासलेस’ प्रयोग गरी छुट प्रदान गरेको छ। अब थप १०५ भ्याट फिर्ताले डिजिटल नेपालतर्फ ६ लाख ५० हजार वर्ल्डलिंक घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउँछ। उपभोक्ताले भ्याट रकमको चार्ज गरिएको १३५ भ्याटको १०५ भ्याट फिर्ता पाउने छ।  यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनुपर्नेछ।

यसका साथै वर्ल्डलिंक जडान पनि उपभोक्ता वर्गको हुनुपर्ने छ। अर्थात यो सुविधा व्यावसायिक कार्यप्रयोजनका लागि दिइने छैन। यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यस सेवाले निश्चित रूपमा सबै नेपालीमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडि बढाउनेछ। यसका साथै हामी सरकार र अन्य निकायसँग मिलेर थप सजिलो सेवा र सुविधाहरु ल्याउनका लागि नयाँ क्षेत्रहरुमा काम गर्नेछौँ।’ यस सुविधाका बारेमा बोल्दै वर्ल्डलिंकका सामूहिक प्रमुख वित्तीय अधिकारी सञ्जयकुमार साहले भने, ‘खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वर्ल्डलिंकका ग्राहकलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिइरहेको छ ।

यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडि बढाउनेछ र साथै वर्ल्डलिंकका प्रयोगकर्तालाई पनि खल्तीमार्फत भुक्तानी गर्न प्रोत्साहन दिनेछ।’ ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK