Skip to content
LAXMI SUNRISE BANK

बिन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ जारी गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ सरोकार

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले २५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सो आइपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत २५ गते अनुमति पाएको हो ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गर्नेछ ।
त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK