×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्तको आईपीओमा ११५ गुणा बढीको आवेदन पर्यो, आवेदन दिने अन्तिम दिन बुधबार

PRIME CA

उपकार लघुवित्तको आईपीओमा ११५ गुणा बढीको आवेदन पर्यो, आवेदन दिने अन्तिम दिन बुधबार

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा करिब साढे २२ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ बजेसम्ममा २२ लाख ३८ हजार ७५७ आवेदनबाट २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ९ हजार ४४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २ लाख २१ हजार १५६ कित्ताको ११४.९० गुणा बढी हो ।
लघुवित्तले गत शुक्रबारदेखि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर निष्काशनमा ल्याएको हो । जसमा ०.५० प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि भोली बुधबारसम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: