Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । सिटिजन्स बैंकले २ लाख ६६ हजार ९९९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्रीमा ल्याएका हुन् ।
सिटिजन्सकै संस्थापक सेयरधनीले बैंकको सो सेयरमा न्युनतम १६० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बुधबारदेखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK