×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा नव वर्ष २०७९ मा ‘कुमारी डबल धमाका’ नामक सुबिधा सार्बजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकद्वारा नव वर्ष २०७९ मा ‘कुमारी डबल धमाका’ नामक सुबिधा सार्बजनिक

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“ नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहक महानुभावहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो। निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात रु १०,००० रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ ।आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी