×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपटक मनाङमा पुग्यो ग्लोबल आइएमई बैंकको एटिएम सेवा, पर्यटकलाई सहज बनाउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पहिलोपटक मनाङमा पुग्यो ग्लोबल आइएमई बैंकको एटिएम सेवा, पर्यटकलाई सहज बनाउने उद्देश्य

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ । नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिनुभयो ।

“मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटिएम सेवा सञ्चालनमा ल्याइएको हो”, प्रबन्धक जोशीले भन्नुभयो । यहाँ एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटिएम सेवा सञ्चालन भएको थिएन ।

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटिएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो ।

एटिएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “एटिएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो । पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ”, उहाँले भन्नुभयो ।

लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ । एटिएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि जिल्लामा एउटा मात्रै एटिएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटिएम सेवा पहिलो पटक हो ।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटिएम सेवाको आवश्यकता खड्किएको थियो । जिल्लाभर आठवटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा दुई बैंकले दुई स्थानमा एटिएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटिएम सेवा सञ्चालन गर्न सकेका छैनन् । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी