×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै ,बोडीखेती रेखदेख गर्दै रामपुरका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै ,बोडीखेती रेखदेख गर्दै रामपुरका किसान

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–३ मा मङ्गलबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै गरेको तस्विरदेखि आफूले लगाएको बोडीखेती रेखदेख गर्दै पाल्पा रामपुरका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

तनहुँको व्यास नगरपालिका–३ मा मङ्गलबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

आफूले लगाएको बोडीखेती रेखदेख गर्दै पाल्पा रामपुरका किसान ।

म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा । गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन् ।

भोजपुर नगरपालिका वडा नं ६ ले ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गर्न ल्याएको उन्नत जातको मकैको बीउ । वडाले किसानलाई ४०० केजी मकैको बीउ वितरण गर्ने भएको छ ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा निर्माण गरिएको सामुदायिक भवन । गाउँमा बैठक, तथा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले सामुदायिक भवन निर्माण गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क (उद्यान) बनाउन पर्खाल निर्माण गरिँदै । एक रोपनीभन्दा बढी अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गरेर पार्क बनाउन थालिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा मङ्गलबार सुर्खेतमा आयोजित दोस्रो दीक्षान्त समारोहमा सहभागी विद्यार्थी । विश्वविद्यालयले सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षता र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा विभिन्न सङ्कायका ५१९ जना विद्यार्थी दीक्षित गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी