×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसानलाई व्यावसायउन्मुख बनाउन अनुदानमा कुखुराका चल्ला, १३२ गाईभैँसीको बीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किसानलाई व्यावसायउन्मुख बनाउन अनुदानमा कुखुराका चल्ला, १३२ गाईभैँसीको बीमा

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ। वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो ।वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । एक सय पर्ने चल्लालाई किसानले रु ५० तिरेका थिए भने समितिमार्फत वडाले रु ५० अनुदान दिएको थियो । “एक जनाले आठदेखि १२ वटासम्म चल्ला पाएका छन्, कुखुरापालनमा किसानलाई व्यावसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको हो”, अध्यक्ष सापकोटाले भने। अनुदानमा वडाको रु एक लाख ५० हजार खर्च भएको छ ।

समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यावसाय गरिरहेका किसान पनि छन् । अध्यक्ष सापकोटा आफैँ पनि व्यावसायिक कुखुरापालक हुन् । समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैँसीको बीमाका लागि किसानलाई सघाएको छ । “वडाका अधिकांश किसानले पशु बीमा गरेका छन् , रु १ करोड ७२ लाख बराबरको बीमा गरिएको छ”, उनले भने।एउटा भैँसीको अधिकतम् रु १ लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाईभैँसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पुश बीमामा रु ६८ हजार खर्च भएको समितिले जनाएको छ । त्यति नै रकम किसानले पनि हालेका छन् । कूल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्ववापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

एउटै भैँसीको मृत्यु भए किसानलाई झण्डै रु एक लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिकरूपमा पशुपक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरुले बीमा खोज्ने गरेको किसान बताउँछन् । सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक फार्महरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतीपूर्ति मिल्छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी