×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

LAXMI SUNRISE BANK
GLOBAL

छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बालाजु । बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ ।
जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । तिहारलगत्तै सडक निर्माणको काम धमाधम भइरहेको योजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । काम नियमित हुँदा अबको एक महिनामा सकिने देखिएको छ । ढिकुरेमा जग्गासम्बन्धी विवादका कारण झण्डै २०० मिटरमा निर्माण अघि बढ्न नसके पनि अरु खण्डमा निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ढिकुरेमा मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण भए पनि स्थानीयवासीले त्यसमा चित्त बुझाउनुभएको छैन ।”
त्यो ठाउँलाई छाडेर अन्यत्र सडक कालोपत्रको काम भइरहेको प्रमुख प्रजापतिले बताउनुभयो । छहरेबाट शुरु गरेर त्रिशूलीतर्फको सडक निर्माण अघि बढाइएको छ । समग्रमा छहरेबाट उता प्रगति राम्रो छ । सात वर्ष पहिले शुरु भएको यो सडकमा निर्माण कम्पनीलाई सडक विभागले अहिलेसम्म चारपटक अवधि थपिसकेको उहाँले बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार पछिल्लोपटक गत फागुनमा रुग्ण ठेक्कालाई अन्तिमपटक एक वर्ष अवधि थप भएको थियो । आयोजना अन्तर्गतका अरु दुई ठेक्कामा अझै अर्कोपटक अवधि थप्न आवेदन आइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खण्डमा मुआब्जा विवाद भएका ठाउँबाहेक अरु ठाउँमा पुससम्ममा सकिनेछ ।”
यो सडकको जम्मा तीन ठेक्कामा निर्माणको काम अघि बढाइएको छ । आयोजनाले बालाजुबाट त्रिशूली ५५ किमी र त्रिशूलीबाट छहरे ११ किमी गरेर यो आयोजनाले ६६ किमी हेरिरहेको छ । विसं २०७०÷७१ मा ठेक्का सम्झौता भएको थियो । बालाजु–त्रिशूली सडकको निर्माण भने अझै पनि सुस्त छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी